एनटीए उपाध्यक्ष दाहालको निधन

काठमाडौं सम्वाददाता । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का उपाध्यक्ष दिनेश दाहालको शनिबार निधन भएको छ ।

उनको कोरोना संक्रमणका कारण ४० वर्षको उमेरमा निधन भएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । उनी धापाखेलस्थित सुमेरु अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिए ।

तेक्वान्दोको पहिलो गीत मानिएको ‘छाती माथि सेतो हिमाल, हिउँ जस्तै पहिरन’ बोलको गीत स्व. दाहालले नै गाएका थिए । गोकर्णेश्वर दक्षिण ढोका निवासी स्व. दाहाल जनप्रहारका पूर्व सम्पादक थिए भने कमाण्डर पोस्टमा पनि आबद्ध थिए । पछिल्लो समय उनी सी पोस्टका सम्पादक/प्रकाशक थिए ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य स्व. दाहालको शनिबारै पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको छ । स्व. दाहालका श्रीमति, १ छोरा र १ छोरी छन् ।

एनटीएका अध्यक्ष खड्काले एक असल तेक्वान्दो प्रेमी गुमाएकोमा दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन् । खड्काले शोक सन्तप्त परिवारजन प्रति समवेद्ना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close