ढिकुरपोखरीमा दोविल्ला र हेमजा युनाईटेडको बिजयी सुरुवात

पोखरा,
ढिकुरपोखरीमा यस वर्षको तीजमेला बाट सुरु भएको छ । मेलाको प्रमुख आकर्षणका रुपमा रहेको खुल्ला नकआउट फुटवल प्रतियोगिता सुरु भएको हो ।

आज सम्पन्न दुई खेलमा दुवै खेल १–१ को वरावरीमा ट्राइवेकरमा पुगेका थिए ।श्रृङखला एफसी भलाम र दोविल्ला एफसी पोखरा बीच भएको पहिलो खेल ट्राइवेकरमा ३–१ गोलअन्तरले दोविल्ला एफसी विजयी बन्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यस्तै फेदी एफसी(बेल्लीज) र हेमजा युनाईटेड बीच भएको दोस्रो खेल ५–४ गोलअन्तरले युनाईटेड बिजयी भएको छ ।

मेलाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले ढिकुरपोखरी तीजमेलाको पुरानो इतिहास रहेको चर्चा गर्दै खेलमैदान स्तरउन्नतीका लागि मैदानको उत्तरपट्टी रहेका २१ घरघडेरीलाई उचित मुआब्जा दिई मैदान चक्लाबन्दी गर्नुपर्ने बताए ।

शनिवारको पहिलो खेल आयोजक ढिकुरपोखरी युवा संजाल १६ वर्षमुनीको र भदौरे एफसी बीच विहान ११ बजेदेखि हुने जनाइएको छ । मेला यहि भदौं १७ गतेसम्म चल्नेछ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माद्वारा मेलाको समापन गर्ने कार्यक्रम पनि तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close