ओलम्पियाकोसमाथि बार्सिलोनाको आधा दर्जन गोल

पोखरा स्पोर्ट्स । बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा ग्रिसको क्लब ओलम्पियाकोसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओलम्पियाकोसलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा फेर्मिन लोपेजले ह्याट्रिक गरेका थिए भने मार्कस राशफोर्डले २ तथा लामिन यमलले एक गोल गरेका थिए । त्यसैगरी ओलम्पियाकोसका लागि आयुओब एल काबीले एक गोल गरेका थिए ।

यस सिजनको च्याम्पियन्स लिगमा बार्सिलोनाको यो ३ खेलमा दोस्रो जित हो । यो जितपछि बार्सिलोनाको ६ अंक भएको छ र हाल नवौं स्थानमा छ । त्यस्तै ओलम्पियाकोसको भने ३ खेलमा एक अंक रहेको छ र हाल ३१औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close