नेपाली मुआथाई टोलि भारतको त्रिपुरा प्रस्थान

पोखरा स्पोर्टस । दक्षिण एसियाली मुआथाई महासंघको आयोजनामा  १५ तारिख देखि १७ सम्म मित्र राष्ट्र भारतको त्रिपुरा, अग्रतला हुन गईरहेको ‘प्रथम दक्षिण एसियाली मुआथाई सम्मेलन’मा सहभागि हुन नेपाल मुआथाई संघका प्रतिनिधि र खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रथम दक्षिण एसियाली मुआथाई महासंघले आयोजना गरेको सम्मेलनमा दक्षिण एसियाली मुआथाई महासंघको अधिवेशन्, रेफ्री कोच सेमिनार लगाएत SAM Fight Night  हुनेछ । 

उक्त सम्मेलनमा नेपाल मुआथाई संघका महासचिब सुदिप पण्डित क्षेत्रि महिला प्रतिनिधि तुलसी थापा मगर र खेलाडीमा योग कुमार थापा मगरले सभागिता जनाउने संघका कार्यबाहक अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी गराए ।

सुदिप पण्डित क्षेत्रिले प्रतिनिधिको साथै Referee Seminar मा सहभागिता जनाउनेछन भने तुलसी थापा मगरले महिला प्रतिनिधी र प्रशिक्षकको रुपमा सहभागिता रहनेछ भने योग कुमार थापा मगरले SAM Fight Night को ६७ केजीको मुख्य प्रतिष्पर्धामा  गर्नेछन । SAM Fight Night Main Event अमेरिकी डलर १५ सय धनराशि को नगद पुरस्कार समेत रहेको जानकारी दिए ।

नेपाली टोलिलाई नेपाल मोया थाइ संघका कार्यबाहक अध्यक्ष सम्पन्न श्रेष्ठले एक कार्यक्रम का बीच विदाई गरे । सो अवसरमा एनआरएनए जापानका महासचिब शिद्धार्थ श्रेष्ठको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close