
पोखरा स्पोर्ट्स । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली महिला टिमको बिदाई गरेको छ । मंगलबार एक कार्यक्रमका बीच एन्फाका पदाधिकारीहरुले नेपाली राष्ट्रिय महिला फुटबल टिमको बिदाई गरेका हुन् ।

नेपाली राष्ट्रिय महिला टिमले अक्टोबर २४ मा इरानसँग र अक्टोबर २७ मा भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ । दुवै खेल भारतको शिलोङमा खेलिने एन्फाले जानकारी दिएको छ ।
मैत्रीपूर्ण खेलका लागि एन्फाले सावित्रा भण्डारी साम्बाको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको हो ।
नेपाली महिला फुटबल टिम
गोलकिपर: अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर र उषा नाथ ।
डिफेन्डर: निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, सजनी थोकर र हिरा कुमारी भुजेल ।
मिडफिल्डर: अनिता बस्नेत, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल र दीपा शाही ।
फरवार्ड: रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई र सावित्रा भण्डारी ।
