एम्बाप्पेको गोलमा रियल म्याड्रिडको महत्वपूर्ण जित

पोखरा स्पोर्ट्स ।  रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत गेटाफेलाई पराजित गरेको छ । 

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।  रियल म्याड्रिडको जितमा खेलको ८०औं मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 

यस खेलमा एलान नियोम र एलेक्सिस सानक्रिसले रातो कार्ड खाएपछि गेटाफे ९ खेलाडीमा सिमित भएको थियो । 

यो जितपछि रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ ।  रियल म्याड्रिडको ९ खेलमा २४ अंक भएको छ । 

त्यस्तै बार्सिलोना ९ खेलमा २२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।  त्यसैगरी गेटाफेको भने ९ खेलमा ११ अंक रहेको छ र हाल १२औ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close