विश्व तेक्वान्दो च्याम्पियनसिपका लागि नेपाली टोलीलाई बिदाइ

 

पोखरा स्पोर्ट्स ।  चीनको उक्सीमा सन् २०२५ अक्टोबर २४ देखि ३० तारिखसम्म हुने विश्व तेक्वान्दो च्याम्पियनसिप (G14)  र नोभेम्बर २ देखि ४ तारिखसम्म हुने विश्व तेक्वान्दो ग्रान्ड स्ल्याम च्यालेन्ज (G2) मा सहभागी हुने नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी तथा अफिसियलहरुलाई नेपाल तेक्वान्दो संघले बिदाइ गरेको छ ।

संघको सल्लाहकार परिषद्का अध्यक्ष प्रकाश शम्शेर राणाले संघ कार्यालयमा आयोजित कार्यक्रममा टोलीलाई बिदाइ गरे ।

नेपालका पुरुष खेलाडीहरूमा सुमित विष्ट (–५८ केजी), आशिष भण्डारी (–७४ केजी), अफ्ताब आलम (–५४ केजी), सुगन श्रेष्ठ (–६८ केजी), अरुण टमाटा (–६३ केजी) र अभिषेक बराल (–८० केजी) छन् ।

त्यस्तै, महिला खेलाडीहरूमा सन्तोषी राई (–४६ केजी) र ईशा महतो (–४९ केजी) रहेका छन् भने प्रशिक्षकका रूपमा सयद हसन रेजा रहेका छन् ।

प्रतियोगिताका लागि प्रशिक्षक र खेलाडीहरू कार्तिक ३ गते चीन प्रस्थान गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

त्यसैगरी विश्व तेक्वान्दो (WT) को आयोजनामा अक्टोबर २३ मा उक्सीमा हुने वर्ल्ड तेक्वान्दो जेनरल एसेम्बलीमा सहभागिताका लागि संघका अध्यक्ष दीपराज गुरुङ, सल्लाहकार परिषद्का अध्यक्ष प्रकाश शम्शेर राणा र प्रशिक्षक कविराज खड्गी कार्तिक ४ गते चीन प्रस्थान गर्ने कार्यक्रम रहेको संघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close