काभा मेन्स नेसन्स कपमा सहभागी हुने नेपाली भलिबल टोलीको बिदाई

पोखरा स्पोर्ट्स ।  काभा मेन्स नेसन्स कपमा सहभागी हुने नेपाली भलिबल टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।

प्रतियोगिता कात्तिक ५ देखि ११ गतेसम्म बंगलादेशको ढाकामा हुन लागेको छ ।

नेपाल भलिबल संघले प्रतियोगिताका लागि १४ सदस्यीय टिमको घोषणा यसअघि गरिसकेको छ ।

नेपाली टिममा धन बहादुर भट्ट क्षेत्री, धिरोज काजी बस्नेत, सुनिल बोहरा, पहल गहतराज, सरन सामरी क्षेत्री, शैलेन्द्र यादब, अर्जुन नेपाली, सफल विक, रबिन नगरकोटि, नृपध्वज बस्नेत, हरिहजुर थापा, सुजन सुनार, विनोद चन्द र सन्तोष राई रहेका छन् । 

त्यस्तै टिम व्यवस्थापकमा प्रविन श्रेष्ठ तथा प्रमुख प्रशिक्षकमा भरत यादव र सहायक प्रशिक्षकमा उत्सव खडका रहेका छन् । 

टोलीलाई एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाई गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close