फेलिक्सको ह्याट्रिकमा अल नासरको शानदार जित

पोखरा स्पोर्ट्स ।  अल नासरले साउदी प्रो लिगमा अल फतेहमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल फतेहलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा जोआओ फेलिक्सले ह्याट्रिक गरेका थिए । त्यस्तै क्रिस्टियानो रोनाल्डो र किंग्सले कोम्यानले एक एक गोल गरेका थिए ।  त्यसैगरी अल फतेहका लागि एक गोल सोफियान बेनडेबकाले गरेका थिए ।

यो जितपछि अल नासर साउदी प्रो लिगमा अपराजित रहदै शिर्ष स्थानमा कायम रहेको छ । अल नासरको ५ खेलमा १५ अंक रहेको छ ।  त्यस्तै दोस्रो स्थानमा रहेको अल हिलालको ५ खेलमा ११ अंक रहेको छ ।

त्यसैगरी अल फतेहको ५ खेलमा १ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close