दक्षिण अफ्रिका महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा

पोखरा स्पोर्ट्स ।  दक्षिण अफ्रीका जारी महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

गएराती पाकिस्तान र न्यूजील्याण्डबीचको खेल बर्षाका कारण पुरा हुन नसकेर अंक बाँडेपछि अंकतालिकामा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाको ५ खेलमा ८ अंक रहेको छ ।

त्यस्तै अस्ट्रेलिया यसअघिनै सेमिफाइनलमा पुगिसकेको छ । अस्ट्रेलियाको ५ खेलमा ९ अंक रहेको छ र शिर्ष स्थानमा छ ।

अब सेमिफाइनलका दुई स्थानका लागि अन्य देशको लडाई रहेको छ । हाल इङल्याण्ड ४ खेलमा ७ अंकसहित तेस्रो, भारत ४ खेलमा ४ अंकसहित चौथो, न्यूजील्याण्ड पनि ४ अंकसहित पाँचौं स्थानमा रहेका छन् ।

त्यसैगरी बंगलादेश, श्रीलंका र पाकिस्तान २-२ अंकसहित क्रमश: छैटौं, सातौं र आठौं स्थानमा रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close