जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

पोखरा स्पोर्ट्स ।  बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा जिरोनालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रोनाल्ड अराउजोको अन्तिम मिनेटको गोलमा बार्सिलोनाले जिरोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

यसअघि बार्सिलोनाका लागि पेड्रीले एक गोल गरेका थिए भने जिरोनाका लागि एक्सेल विटसेलले एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको ९ खेलमा २२ अंक रहेको छ । त्यसैगरी एक खेल कम खेलेको रियल म्याड्रिडको ८ खेलमा २१ अंक रहेको छ ।

त्यसैगरी जिरोनाको ९ खेलमा ६ अंक रहेको छ र हाल १९औं स्थानमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close