पोखरा स्पोर्ट्स । नेपाली पुरुष भलिबल टिमका कप्तानको जिम्मेवारी पुनः हरिहजुर थापाले पाएका छन् ।
नेपाल भलिबल संघको ५८औं केन्द्रीय कार्यसमितिको बैठकले मुख्य प्रशिक्षक र सह–प्रशिक्षकको सिफारिसमा हरि हजुरलाई पुनः सिनियर पुरुष भलिबल टिमको कप्तान नियुक्त गरेको हो । नेपाल आर्मी क्लब संग आवद्ध हरिहजुर यस अघि पनि नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । दुई वर्ष अघि काठमाण्डौमा सम्पन्न एक प्रतियोगितामा उनको गलत आचरणका कारण कप्तानी खोसिएको थियो
दक्षिण एशियाली भलिबल संघ (काभा) द्वारा स्वीकृत र बंगलादेश भलिबल फेडरेसनको आयोजनामा आगामी कार्तिक ५ देखि ११ गतेसम्म (अक्टोबर २२–२८, २०२५) हुने उक्त प्रतियोगितामा हरिहजुरले नेपाली टिमको कप्तानी सम्हाल्ने छन् ।
टोलीमा हरि हजुरसहित धन बहादुर भट्ट क्षेत्री, धिरजकाजी बस्नेत, सुनिल बोहोरा, पहल महत्तराज, शरण सामरी क्षेत्री, शैलेन्द्र यादव, विनोद चन्द, अर्जुन नेपाली, सफल बि.क, रविन नगरकोटी, नृपध्वज बस्नेत, सुजन मुनार र सन्तोष राई रहेका छन् ।
त्यसैगरी, महिला यू–१९ भलिबल टिमको कप्तानमा जेनिशा विश्वकर्मालाई नियुक्त गरिएको छ । जेनिशा न्यू डायमण्डबाट खेल्दै आएकी छन् ।
आगामी कार्तिक १८ गते देखि २३ गते (नोभेम्बर ४ देखि ९ तारिख) सम्म काभाको स्किृतीमा श्रीलंकामा आयोजना प्रतियोगितामा जेनिशा सहित मिना सुनार, आशिका क्षेत्री, क्रिश्मा डाँगी, निशा महर, सम्झना नेपाली, एन्जिला प्रधान, भावना तामाङ, प्रतिभा चौधरी, सुनिता खत्री, रेबिका लामा तामाङ र बिनिता राना रहेका छन् ।
संघले दुबै कप्तानको नेतृत्वमा टिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ । संघले दुबै कप्तानलाई सफल कार्यकालको शुभकामना समेत दिएको छ ।
