गौतम बिश्व –याफ्टीङ्गको सदस्यमा चयन

पोखरा स्पोर्टस । नेपाल –याफ्टीङ्ग तथा क्यानोईङ्ग संघका महासचिव सुदीप राज गौतम बिश्व –याफ्टिङ्ग महासंघको बोर्ड सदस्यमा चयन भएका छन् ।

बिश्व –याफ्टिङ्ग महासंघको चुनावी साधारण सभाले चार बर्ष (२०२१–२०२४) का लागि एशियन कन्टिनेन्टको कोटाबाट गौतमलाई महासंघको बोर्ड सदस्यमा चयन गरेको हो । महासंघको बोर्ड सदस्यमा चयन हुने गौतम पहिलो नेपाली हुन् ।

फ्रान्समा आयोजना भएको बिश्व –याफ्टिङ्ग च्याम्पियनसिपका दौरान भएको साधारण सभाले महासंघको अध्यक्षमा ईटालीका बारमाज डानिलोलाई दोश्रो कार्यकालको लागि पुनः अध्यक्षमा चयन गरेको थियो ।

नेपालमा –याफ्टिङ्गमै आफ्नो जीवन व्यतित गरेका गौतम –याफ्टिङ्ग खेलको विकास र विस्तारमा अहोरात्र लाग्दै आई रहेका छन् । गौतम ¥याफ्टिङ्ग तथा क्यानोईङ्ग संघको संस्थापक सदस्य समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close