
पोखरा स्पोर्टस । गण्डकी प्रदेशकी एक मात्र महिला बक्सिङ प्रशिक्षक प्रियङ्का वर्मालाई पितृ शोक परेको छ ।
प्रियङ्का वुवा ओम प्रकाश वर्माको ५७ वर्षको उमेरमा उपचारको क्रममा पोखरा फिसटेल अस्पतालमा बुधबार विहान ९ बजे निधन भएको हो । स्वर्गिय ओम प्रकाश लामो समय देखि मुटु सम्वन्धि रोगबाट पिडित रहेको र उपचार गराइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
पोखरा ९ नयाँबजारमा व्यवसाय सञ्चालन गरिरहनु भएका स्वर्गिय ओम प्रकाशको श्रीमती चार छोरी र एक छोरा छन । उहाँको बिहिबार बिहान ९ बजे अन्त्येष्टि गरिने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको कार्यालयमा स्वय सेवक कर्मचारीको रुपमा कार्यरत बक्सिङ प्रशिक्षक प्रियङ्काको वुवाको निधनमा प्रदेश खेलकुद परिषदले दुःख व्यक्त गरेको छ । परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले मृत आत्माको चिर शान्तीको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।
