सुपर सिक्समा जापानमाथि कतार ३ विकेटले विजयी

पोखरा स्पोर्ट्स ।  कतारले जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा जापानलाई ३ विकेटले पराजित गरेको छ ।

बुधबार सम्पन्न खेलमा जापानले दिएको १४० रनको लक्ष्य पछाएको कतारले १९.४ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गर्दै जापानले २० ओभरमा ४ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

यो जितपछि कतारको ४ खेलमा २ अंक भएको छ । यो सुपर सिक्समा पहिलो जित हो । त्यस्तै जापानको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ ।

सुपर सिक्स अन्तर्गत आज सामाओ र युएइ तथा ओमान र नेपालबीच खेल हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close