टाइगर ग्रुप महिला भलिबल टिममा अनुवन्ध यि हुन् तीन थाई खेलाडी

पोखरा स्पोर्टस । टाइगर कप भलिबल प्रतियोगिताको आयोजना हुने दिन नजिकिंदै जाँदा दर्शकहरुमा समेत उत्तिकै उत्साह जाग्न थालेको छ । 

माघ १२ गतेबाट पोखरा रंगशालामा सुरू हुने ‘पाँचौ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८१’मा आयोजकले आफ्नै महिला टिम उतार्ने भए पछि दर्शकहरूमा अझै उत्साह थपिएको हो ।

आयोजक टिमलाई बलियो बनाउन महिला विदेशी खेलाडी अनुवन्धका लागि जिम्मेवारी पाएका अर्जुन घिमिरेका अनुसार थाई खेलाडी अनुवन्ध गरिएको पोखरा स्पोर्टसलाई बताए । अनुवन्ध गरिएका खेलाडीहरुमा अम्फा सोनसुरात, नानतिकान टुनिपो र जान्तिमा नोराथात रहेका छन् ।

अनुवन्ध भएकी अम्फा र नानतिकान धुराकित पुन्डिट युनिभर्सिटीमा अध्ययनरत खेलाडीहरु हुन् भने जान्तिमा बैङ्कक विश्वविद्यालयमा अध्ययनरत छिन् ।

महिला विश्व वरियतामा ८८० मा रहेकी अम्फा आउटसाइड हिटर हुन् । २१ वर्षिय उनी थाइल्याण्डका विभिन्न चरवटा क्लबहरुबाट खेल्ने गरेकी छन् । त्यस्तै २० वर्षिय जान्तिमा समेत आउट साइड हिटर हुन् । उनी थाइल्याण्डका विभिन्न क्लब संगै आफू अध्ययनरत विश्वविद्यालयबाट खेल्ने गरेकी छन् ।

टाइगर ग्रुप महिला भलिबल टिमको कप्तानी भने राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले सम्हाल्ने छिन् । टिमबाट सहभागि हुने खेलाडीहरुको अन्तिम नाम भने आइतबार सम्म घोषणा गर्ने तयारी आयोजकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close