आइवा वर्ल्ड वक्सिङ च्याम्पियनशिप छनोटमा पोखराका पवन भिड्ने

पोखरा स्पोर्टस । सर्वियाको राजधानी वेलग्रेडमा आयोजना हुने ‘आइवा वर्ल्ड वक्सिङ च्याम्पियनशिप’ का लागि काठमाडौैमा हुने छनोट खेलमा पोखराका पवन गुरुङ सहभागि हुने भएका छन ।

यहि असोज १ देखि ३ गते सम्म काठमाडौमा हुने छनोट खेलमा पोखराका पवन गुरुङ सहभागि जनाउने भएका हुन । छनोट खेलमा सहभागि हुन उनी सहित वक्सिङ प्रशिक्षक लोक वहादुर गुरुङ बिहिबार काठमाडौं प्रस्थान गरेका छन ।

काठमाडौ प्रस्थान गर्नु अघि जिल्ला खेलकुद विकास समितीका अध्यक्ष तोरण बहादुर बानियाँले विदाई गर्दै जितको शुभकामना व्यक्त गरेका थिए । आइवा वर्ल्ड वक्सिङ च्याम्पियनशिप आगामी अक्टोबर २५ देखि नोभेम्वर ६ सम्म बेलग्रेडमा आयोजना हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close