पोखरा स्पोर्टस अवार्डलाई एमए कन्स्ट्रक्सन प्रालिले ५० हजार सहयोग गर्ने

पोखरा स्पोर्टस । आठौं पोखरा स्पोर्टस अवार्ड २०८० लाई एम.ए.कन्स्ट्रक्सन प्रा.लि.ले सहकार्य गर्ने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने अवार्डमा सहयोग गर्ने सम्बन्धमा आइतबार कम्पनीका तर्फबाट अध्यक्ष दीपक बराल र मञ्च अध्यक्ष दीननाथ बरालविच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतावापत कम्पनीले मञ्चलाई ५० हजार रुपैयाँ सहयोग गर्ने छ ।

काठमाडौको कान्तिपथमा केन्द्रीय कार्यालय रहेको कम्पनीले जलविद्युत् तथा रंगशाला लगायतका आयोजना निर्माण गर्दै आएको छ ।

रंगशाला निर्माणमा विशेष दक्षता राख्ने कम्पनीले पोखरा फुटबल स्टेडियम, पोखरा रंगशाला बहुउद्धेश्यिय कभर्ड हल र दाङ रंगशाला निर्माण सम्पन्न गरिसकेको छ भने सुर्खेत रंगशाला निर्माण गरिरहेको छ ।

साथै पोखरा र इलाममा विभिन्न जलविद्युत् आयोजना निर्माार्णाधीन रहेको कम्पनी अध्यक्ष बरालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close