पोखरा स्पोर्ट्स । यूवा खेलाडी उत्पादनको मुख्य प्रतियोगिताको मध्येको एक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ अन्तर्गत कास्की जिल्ला र स्थानियतह स्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी सुरू भएको छ ।
जिल्ला खेलकुद विकास समिति कास्कीले कास्कीका पाँचै स्थानिय तहमा पत्रचार गर्दै कार्तिक मसान्त भित्र १६औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गर्न पत्रचार गरेको छ । पोखरा स्पोर्टस संग कुरा गर्दै जिल्ला खेलकुद विकास समिति कार्यालयका नासु डिबी नेपालीले समितिका अध्यक्ष मिलन गुरूङको समन्वयमा सबै स्थानियतहलाई पत्रचार गरिएको जानकारी दिएका छन् ।
परिषदले मंसिरको पहिलो हप्ता भित्र जिल्लास्तरीय र अन्तिम साता भित्र प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गर्ने निर्णय गरी सबै जिल्ला खेलकुद समितिलाई पत्रचार गरेको भन्दै कास्कीमा समेत तयारी सुरू भएको नेपालीले बताए ।
राष्ट्रपति रनिङ शिल्डअन्तर्गत विभिन्न ६ खेलहरू सञ्चालन हुदै आएका छन् । जसमा छात्र/छात्रा भलिबल, एथलेटिक्स, उशु, तेक्वान्दो, करातेलगायतका प्रतियोगिता समावेश छन् ।
हरेक वर्ष छुट्टा–छुट्टै जिल्लामा आयोजना गर्ने निर्णय संगै गत वर्ष गोरखामा १५औं संस्करण प्रतियोगिता सम्पन्न भएको थियो । जसमा कास्कीले २७ स्वर्ण, १० रजत र ११ काश्य पदक जित्दै च्याम्पियन भएको थियो ।
गत वर्ष गोरखामा सम्पन्न १५औं संस्करणमा कास्कीले २७ स्वर्ण, १० रजत र ११ कास्य पदक सहित च्याम्पियन बनेको थियो । यस वर्षको १६औं संस्करण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर दोस्रो साता बाग्लुङमा आयोजना हुने तय भएको छ ।
