
पोखरा स्पोर्ट्स । नेपाल भलिबल संघले सेण्ट्रल एशियन भलिबल संघ (काभा) को आयोजनामा हुने ‘काभा यू–१९ उमेन्स भलिबल च्याम्पियनसिप २०२५’ का लागि राष्ट्रिय टोली घोषणा गरेको छ ।
प्रतियोगिता आगामी कार्तिक १८ गते देखि २३ गते (नोभेम्बर ४ देखि ९ तारिख) सम्म श्रीलंकामा आयोजना हुँदैछ ।
नेपाल भलिबल संघका अनुसार १२ जना खेलाडीहरू अन्तिम चरणमा छनोट भएका छन् । संघको ५७औं कार्यसमिति बैठकले १२ जना खेलाडी, एक जना संयोजक २ जना सदस्य प्रशिक्षक टोलीलाई राष्ट्रिय यू–१९ महिला टिमको जिम्मेवारी दिएको संघका महासचिव रोशन श्रेष्ठले जनाएका छन् ।
चयन भएका खेलाडीहरूमा जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, क्रिश्मा डाँगी, निशा महर, सम्झना नेपाली, एन्जिला प्रधान, भावना तामाङ, प्रतिभा चौधरी, सुनिता खत्री, रेबिका लामा तामाङ र बिनिता राना रहेका छन् ।

