नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै

पोखरा स्पोर्ट्स ।  ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको सुपर सिक्सका खेलहरु आजदेखि शुरु हुदैछन् ।

नेपालले आज आफ्नो चिरपरिचित प्रतिद्वन्दी युएईविरुद्ध खेल्दैछ । यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै युएईले पहिला बलिङ गर्ने भएको छ ।   

नेपाल र युएईबीचको खेललाई एसोसियट देशहरुको क्लासिको पनि भन्ने गरिन्छ । दुवै देश टी-२० क्रिकेटमा अहिलेसम्म १० पटक आमने सामने भएका छन् भने दुवैले ५-५ खेल जितेका छन् ।

समुह चरणमा दुवै आ-आफ्नो समुहमा विजेता बनेर सुपर सिक्समा २-२ अंक लिएर आएका छन् । दुवै देशले यो खेल जितेर आफ्नो स्थान सुनिस्चित गर्न चाहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close