
पोखरा स्पोर्टस । पोखरामा शुक्रबारबाट सुरू भएको ‘पोखरा एथलेटिक्स मिट २०२५’ अन्तर्गत सटपुट थ्रोतर्फको फाइनलमा नेपाल आर्मी क्लबका तिलक बहादुर विक र नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेका छन् ।
कास्की जिल्ला एथलेटिक्स संघद्वारा आयोजित प्रतियोगितामा आर्मीका तिलकले १२.७७ मिटर थ्रो गर्दै स्वर्ण पदक जित्दा पुलिसकी चन्द्रकलाले ११.९६ मिटरको दुरी थ्रो गर्दै स्वर्ण पदक जितेकी हुन् ।
यता पुरुषतर्फ नै आर्मीका राइ बहादुर शाहीले रजत पदक जिते । उनले १२.०७ मिटर थ्रो गरे भने तेस्रो भएका स्याङजाका दुजिक थापा मगरले ११.६४ मिटर थ्रो गरे । उनले काश्य पदक जिते ।
यता महिलातर्फ आर्मीकी सिता शाहीले १०.५९ मिटर थ्रो गर्दै रजत पदक जित्दा नेपाल पुलिसकी बसन्ती चौधरीले १०.३० मिटर थ्रो गर्दै काश्य पदक जितिन् ।
