‘खेल्छ गण्डकी’ जुनियर टेनिस खेलाडीहरु पहिलो पटक काठमाण्डौमा भिड्दै

पोखरा स्पोर्ट्स । ‘खेल्छ गण्डकी’ जुनियर टेनिस खेलाडीहरु पहिलो पटक काठमाण्डौमा भिड्ने भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा गण्डकी प्रदेश टेनिस संघद्वारा सञ्चालित ‘खेल्छ गण्डकी’मा निरन्तर टेनिस प्रशिक्षणमा रहेका ६ खेलाडीहरु टिम टेनिस नेपालले आयोजना गर्ने जुनियर टेनिसमा सहभागि हुने भएका हुन् ।

काठमाण्डौ प्रस्थान गर्नु अघि पोखरा रंगशाला टेनिस कम्लेक्समा आयोजित एक कार्यक्रमका बीच नेपाल टेनिस संघका कार्यसमिति सदस्य विष्णु बहादुर थापा, सिनियर टेनिस प्रशिक्षक अनु जोन, प्रशिक्षक कुमार अधिकारीले टोलीलाई बिदाई गरेका थिए ।

यहि असोज २५ देखि २८ असोज सम्म सञ्चालन हुने प्रतियोगितामा खेल्छ गण्डकी कार्यक्रममा प्रशिक्षणमा रहेका सुरेन्द्र विक, अभिषेक गुरूङ, दर्शन अधिकारी र शरन विकले यू–१४ र यू १६तर्फ सिंगल्स तथा डबल्समा भिड्ने छन् । त्यस्तै अनोमल नेपाली र अभिषेक बलयकोटीले यू–१२ र यू–१४ दुबैतर्फ प्रतिस्पर्धा गर्नेछन् ।

यसै गरी टिम अफिसियलमा जिया गुरूङ रहेकी छन् ।

खेलाडीहरुलाई बिदाई गर्दै गण्डकी टेनिसका उपाध्यक्ष समेत रहेका थापाले जुनियर खेलाडीहरुका लागि यो महत्वपूर्ण अवसर रहेको बताए । “संधै एकै ठाउँमा खेल्नु र बाहिरी वातावरण र छुट्टै कोर्टमा खेल्दा उनीहरु भित्र रहेको क्षमता निर्खान समेत भूमिका खेल्छ”, उनले भने “खेलाडी उत्पादन गरेर मात्रै हुँदैन । प्रतियोगिताले नै उनीहरु भित्र रहेको क्षमता निर्खान सहज हुनेछ ।”

करिव दुई वर्ष देखि निरन्तर प्रशिक्षणमा रहेका खेलाडीहरुले आफ्नो पहिलो प्रतिस्पर्धामा खरो उत्रने विश्वास गण्डकी प्रदेश टेनिस संघका कार्यबाहक अध्यक्ष लोक बहादुर गुरूङले जनाएका छन् । उनले भने–“हामी संग निरन्तर ३० जना जुनियर खेलाडीहरु प्रशिक्षणमा छन् । यो प्रतियोगिताले उनीहरुमा अझै खेल्ने कौशलता बढ्ने छ भने आफ्नो खेल्ने क्षमता समेत बढाउन भूमिका खेल्ने छ ।”

यसै गरी सोही प्रतियागितामा आयर्शराज पौडेलले यू–१२ र यू–१४ तर्फ प्रतिस्पर्धा गर्दैछन् भने सूर्याशं श्रेष्ठले यू–१६ तर्फ प्रतिस्पर्धा गर्ने प्रशिक्षक अधिकारीले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close