नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

पोखरा स्पोर्ट्स । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५  विकेटले जितेर सिरिज ३-२ ले जितेको हो  ।

फाइनल सरहको अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपाली टिमले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो  ।

यसअघि मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो ।

पाँच खेलको यस सिरिजमा पहिलो खेल मलेसियाले ३ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ५ विकेटले जितेको थियो  ।

त्यस्तै तेस्रो खेल मलेसियाले १३ रनले जितेको थियो भने चौथो खेल नेपालले ६ विकेटले जितेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close