
पोखरा स्पोर्ट्स । आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा आर्सनलले वेस्ट ह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा डेक्लान राइस र बुकायो साकाले एक एक गोल गरेका थिए ।
यो जितपछि आर्सनलको ७ खेलमा १६ अंक भएको छ र आर्सनल लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै वेस्ट ह्यामको भने ७ खेलमा ४ अंक रहेको छ र लिगमा १९औ स्थानमा छ ।
