
पोखरा स्पोर्ट्स । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुललाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा चेल्सीले लिभरपुलमाथि २-१ को जित हासिल गरेको हो ।
चेल्सीको जितमा मोइस काइसेडो र एस्टेभाओले एक एक गोल गरेका थिए । १-१ गोलको बराबरीको अवस्थामामा एस्टेभाओले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै चेल्सीलाई जित दिलाएका थिए ।
त्यस्तै लिभरपुलका लागि एक गोल कोडी गाक्पोले गरेका थिए ।
यो जितपछि चेल्सीको ७ खेलमा ११ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।
त्यसैगरी लिभरपुलको भने यस सिजनमा यो दोस्रो हार हो । ७ खेलमा लिभरपुलको १५ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा छ ।
