नेपाल र मलेसियाबीचको दोस्रो टी-२० खेल आज हुदै

पोखरा स्पोर्ट्स ।  नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरुद्धको दोस्रो टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । 

मलेसियासँगको पहिलो खेलमा नेपाल पराजित भएको थियो । आज हुने दोस्रो खेल ७:४५ बजेदेखि शुरु हुदैछ । 

नेपाल र मलेसियाबीच तेस्रो खेल ५ अक्टोबर, चौथो खेल ७ अक्टोबर र पाँचौं खेल ८ अक्टोबरमा हुने तालिका रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली मलेसियामा रहेको छ ।

जसमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close