टी-२० विश्वकप छनोट खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

पोखरा स्पोर्ट्स ।  नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी पुरुष टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा सहभागी हुने टिमको घोषणा गरेको छ । 

क्यानले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरको हो । यसअघि वेस्ट इन्डिजविरुद्ध खेलेकै टिम रहेकाले यो टिम हाल ओमान पुगिसकेको छ ।  

टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ । प्रतियोगितामा समुह २ मा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन् ।

एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट तीन देश विश्वकपमा छनौट हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close