पहिलो टेस्टमा वेस्ट इन्डिजविरुद्ध भारतको उत्कृष्ट शुरुवात

पोखरा स्पोर्ट्स ।  भारत र वेस्ट इन्डिजबीचको टेस्ट सिरिजको पहिलो खेल आजदेखि शुरु भएको छ ।

पहिलो दिन भारतले उत्कृष्ट शुरुवात गरेको छ । पहिलो दिनको खेल सकिदा भारत वेस्ट इन्डिजभन्दा ४१ रनले पछाडी रहेको छ ।

अहमदावादमा भइरहको यस खेलमा वेस्ट इन्डिजले टस जितेर पहिला ब्याटिंग गर्दै १६२ रन बनाएर अल आउट भएको थियो । वेस्ट इन्डिजका लागि जस्टिन ग्रीभ्सले सर्बाधिक ३२ रन बनाए भने शाइ होपले २६, कप्तान रोस्टन चेजले २४ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर मोहमद सिराजले सर्बाधिक ४ विकेट लिए भने जसप्रित बुमराहले ३, कुलदीप यादवले २ र वाशिंगटन सुन्दरले एक विकेट लिए ।

त्यस्तै भारतले आफ्नो पहिलो इनिग्नमा पहिलो दिनको खेल सकिदासम्म २ विकेट गुमाएर १२१ रन बनाएको छ । जसमा केएल राहुल ५३ र कप्तान शुभमन गिल १८ रन बनाएर खेलिरहेका छन् । त्यस्तै यसस्वी जैसवालले ३६ र साइ सुदर्शन ७ रन बनाएर आउट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close