
पोखरा स्पोर्टस । अनलाइन २०२१ वर्ल्ड तेक्वान्दो एसिया पुम्से खुला च्याम्पियनसिपका लागि दुई नेपाली अन्तर्राष्ट्रिय निर्णायक छनोट भएका छन् ।
अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र मिन न्यौपाने उक्त प्रतियोगिताको निर्णायकका रुपमा छनोट भएका हुन् । दुई जना मात्र नेपालबाट प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न छनोट नेपालबाट निर्णायकका लागि छनोट हुने उनीहरु मात्र हुन् ।
प्रतियोगिता जुलाई ११ देखि १८ तारिखसम्म सञ्चालन हुने छ । त्यसअघि प्राविधिकको भर्चुअल बैठक जुलाई १० तारिखमा हुने छ ।
