नेपालले वेस्ट इन्डिजलाई दियो १४९ रनको लक्ष्य

पोखरा स्पोर्ट्स । नेपालले वेस्ट इन्डिजलाई १४९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १४८ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३०, गुलशन झाले २२ र दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए ।

त्यस्तै सन्दीप जोराले ९, कुशल भुर्तेलले ६, आसिफ सेखले ३, सोमपाल कामीले अविजित ९ र नन्दन यादवले अविजित ६ रन बनाएका थिए ।

त्यसैगरी वेस्ट इन्डिजका बलर जासन होल्डरले सर्बाधिक ४ विकेट लिए भने नविन बिडाइसीले ३ तथा अकील होसैनले एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close