सानो गौचरनमा महिला फुटबलको लागि डेडिकेटेड ट्रेनिङ ग्राउन्ड र मिनि रंगशाला बन्दै

पोखरा स्पोर्ट्स ।  काठमाडौँ महानगरका मेयर बालेन शाहले सानो गौचरन स्टेडियम (रंगशाला) को पुनःनिर्माणको काम धमाधम भइरहेको जानकारी दिएका छन् ।

बालेनले बिगत केही बर्षदेखि महिला फुटबलले सफलता पाएको उल्लेख गर्दै सानो गौचरन स्टेडियमलाई १२ महिना खेल्न मिल्ने गरि पुनर्निर्माणको काम भइरहेको बताएका हुन् ।

२०८१ मंसिरमा पुन निर्माण सुरु भएको रंगशाला ०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष रहेको भन्दै रंगशाला १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-‘महिला फुटबलको लागि डेडिकेटेड ट्रेनिङ ग्राउन्ड र मिनि रंगशाला’

बिगत केही बर्ष देखि महिला फुटबलले पाएको सफलता कसै माझ लुकेको छैन । हामी काठमाडौ महानगर आए सङै हाम्रो उद्देश्य कम्तीमा एउटा १२ महिना खेल्न मिल्ने सुबिधा सम्पन्न एउटा ट्रेनिङ ग्राउण्ड बनाउने थियो । जग्गा प्राप्तीमा केही समय लाग्यो ।

काठमाडौ वार्ड ५ ले सानो गौचरणको जग्गामा सहजीकरण गरेसङै अहिले सानो गौचरन स्टेडियम (रंगशाला) को पुनःनिर्माणको काम धमाधम भइरहेको छ ।  २०८१ मंसिरमा पुन निर्माण सुरु भएको रंगशाला ०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष लिएका छौ । रंगशाला १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ ।

हामी महानगरपालिकामा आए पछि विद्यालयको खेल मैदान देखि यस्ता सार्वजनिक स्थानका खेल मैदानको स्तरउन्नतीमा ध्यान दिएका छौ । स्टेडियममा ९६×६२ मिटरको खेल मैदान बन्ने छ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल हुनेछ ।

रंगशाला परिसरमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ राखिएको छ । स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close