दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका रावतले जिते

पोखरा स्पोर्ट्स । दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । सुदूरपश्चिमका राउतले निर्धारित आठ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए । दोस्रोले ३० हजार र तेस्रोले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

गौतम श्रेष्ठ चौथो हुँदै सात हजार जिते भने पाँचौं भएका सफल लामाले तीन हजार प्राप्त गरे । छैटौंदेखि दशौंसम्म क्रमशः पञ्चराम बुढा, बुद्धिराम गुरुङ, जोगेन्द्र बुढा, तेञ्जोन रोका मगर र इमोन गुरुङले जनही एक हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेटले ४९ः५१ मिनेटमा पूरा गर्दा भेट्रान्सतर्फ गण्डकीबाट किशोर थापा प्रथम भए । किशोरले उक्त दुरी ५१ः०१ मिनेटमा पूरा गरे । उनीहरूले जनही १५ हजार प्राप्त गरे ।

वडा २२ स्तरतर्फ कुशल परियार प्रथम र सुज्जल परियार दोस्रो भए । उनीहरूले क्रमशः ४९ः१५ र ५१ः०३ मिनेटमा दूरी पूरा गरे । महिलातर्फ कोशीकी पदमकुमारी सुनुवारले ५३ः३९ मिनेटमा दूरी पूरा गरी प्रथम हुँदा बागमतीकी नीतु तामाङले ५७ मिनेट ४६ सेकेण्डमा पार गर्दै दोस्रो भइन् । वडा र महिलातर्फ प्रथम र दोस्रोले जनही १५ हजार र ७ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यू–१६ मा प्रकाश थिङ (४२ः५८) प्रथम हुँदा तीलबहादुर परियार (३८) दोस्रो भए भने कमल पौडेलले (४९ः५६) तृतीय स्थान प्राप्त गर्न सफल भए । उनीहरू सबै गण्डकीका हुन् । प्रथम, दोस्रो र तेस्रोले जनही १५ हजार, सात हजार, तीनहजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा ८२ वर्षका पुम्दीभुम्दीका लीलबहादुर गुरुङलाई सिनियरतर्फ र ११ वर्षका गण्डकी बोर्डिङ स्कुलका आरोन नेपाललाई जुनियरतर्फ पुरस्कृत गरियो । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालसहित ८ देशको प्रतिनिधित्व थियो ।

विभिन्न ६ इभेन्टमा कुल १६७ जना धावकले अनलाइन फर्म दर्ता गराएका थिए । प्रतियोगितामा नेपालका सात प्रदेश र विदेशका बेलायत, नर्वे, इजरायल, प्र्रmान्स, अमेरिका, स्पेन र क्यानडासहित सात देशका ११७ धावक सहभागी भएको केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए ।

विश्व पर्यटन दिवस भएकाले दौड पूरा गरेका विदेशी धावकलाई पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले माला लगाई स्वागत गरे । पोखरा–२२ स्थित विश्वशान्ति स्तुपदेखि पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी कालाबाङ घरेडी बुद्धपार्कसम्म भएको दौडमा धावकलाई स्थानीयले ठाउँ ठाउँमा स्वागत गरेका थिए ।

दौडको सुरुआत प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक एवं प्रमुख मणिराज लामिछनेले गरेका थिए । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रतियोगिता संयोजक दीननाथ बरालले पोखराको पर्यटन तथा खेलकुदको विकासमा यो प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने बताए ।

बुद्धपार्कमा आयोजित समापन समारोहमा विश्व कीर्तिमानी धावक तनहुँका वसन्त घिमिरे र विश्वशान्ति स्तूप समिति अध्यक्ष अशोक गुरुङलाई पोखरा पर्वद्धन विशिष्ट सम्मान गरियो । वसन्तको अनुपस्थितिमा उनका छोरा शक्ति घिमिरेलाई सम्मान गरिएको थियो । गत वर्ष यो सम्मान उद्योगी एवं समाजसेवी चन्द्रकान्त बराल र विश्व कीर्तिमानी धावक लेफ्टिनेन्ट कुसाङ गुरुङलाई प्रदान गरिएको थियो ।

समापनमा पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य रवीन्सन प्रजू, इन्द्रा मल्ल, खेम पुन, कालाबाङ घरेडी बुद्ध पार्कसमितिका अध्यक्ष राज गुरुङ (लाल), सम्मानित व्यक्तित्व विश्व शान्ति स्तूप समिति अध्यक्ष अशोक गुरुङ, समितिका सहसचिव एवं पूर्वप्रधानपञ्च दुर्गाबहादुर गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, शुक्रराज माविका प्राचार्य नरनाथ बराल, पोखरा २२ वडा युवा परिषद्का अध्यक्ष दिनेश बराललगायतले पुरस्कार वितरण गरे ।

उद्घाटन सत्रमा पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपीबहादुर भट्टराई, पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवं पूर्व सम्मानित चन्द्रकान्त बराल, पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेल, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले प्रतियोगिता सफलताको कामनासहित विश्व पर्यटन दिवसको शुभेच्छा व्यक्त गरे । पर्यटनविद् दीपेन्द्र पहारीले कार्यक्रममा सहजीकरण गरेको कार्यक्रमको प्रवर्द्धन नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले गरेको थियो ।

पोखरा महानगरपालिकाको सहकार्यमा भएको प्रतियोगिता सफल पार्न विभिन्न संघसंस्थाले सहयोग गरेका थिए । जसमा पोखरा भ्रमण वर्ष २०२५, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), माछापुच्छ«े गाउँपालिका, रूपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स, हिमश्री फुड्स प्रा.लि.÷केसी ग्रुप, होटल बाराही, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, प्याराडिसो ग्रिल एण्ड बार, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, इलाइट अर्गानिक हाउस, ओम हिस्पटल, एस.के. साउड एण्ड म्युजिक हाउस, टान गण्डकी, परिचय एड्भरटाइजिङ, होटल संघ पोखरा नेपाल, ईजी ग्रुप, अन्नपूर्ण केवलकारको सहयोग रहेको थियो ।

त्यसैगरी, विश्व शान्ति स्तुप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, पोखरा पर्यटन परिषद्, गण्डकी प्रादेशिक क्रिकेट संघ, मुभइन राइड मेड सिम्पल, टाइगर ग्रुप अफ पोखरा, सोल्टी पानी, बुमह््रयाङ रेष्टुरेण्ट, रेवान पोखरा, पोखरा एन्फा कास्की, फ्रेस इलिमेन्ट्स रेष्टुरेण्ट एण्ड बार, पृथ्बी राजमार्ग बस सञ्चालक कम्पनी, मट्टिखान माउण्टेन न्यू रिसोर्ट, सोसल पव्लिक स्कुल, पोखरेली ट्याक्सी सेवा प्रा.लि, हिमालय कम्युटर, हिल प्वाइट हाई स्कुल पोखरा २२ वडा युवा परिषद्, एम्बुलेन्स चालक इकाइ कमिटी कास्कीलगायतको सहयोग थियो ।

प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा २२ वडा कार्यालयको सहकार्य रहेको प्रतियोगीताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा नमस्ते हस्पिटल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन, अफिसियल रेडियोमा रेडियो सफलता जोडिएको थिए ।

प्रतियोगितामा आधिकारिक ड्रिङ्किङ वाटरकारूपमा ग्लेज नेचुरल स्प्रिङ वाटर तथा इन्स्योरेन्स पार्टनर यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहेका थिए । खुलातर्फ प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका थिए भने नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको हो । सहारा क्लब पोखरा, सिटिजन्स फर्निचर, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले यू–१६ विधामा, पर्यटक दौडको प्रोत्साहन पुरस्कार, महिलातर्फको खुला विधामा प्रदान गरिएको जनही १५ हजार सहयोग गरेको जानकारी पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले दिए ।

तस्विरः दुर्गा प्रसाद पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close