सहारा क्लबको अध्यक्षमा पुनः ‘केशव बहादुर थापा’ निर्विरोध निर्वाचित

पोखरा स्पोर्ट्स । पोखराको खेलकुद र सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संस्था सहारा क्लव पोखराको अध्यक्षमा पुनः केशव बहादुर थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाको १४औं अधिवेशन तथा २७औं साधाराण सभाले आगामी दुई वर्षका लागि पुनः अध्यक्ष पदमा उनलाई निर्विरोध निर्वाचित गरेको हो । थापा यस अघि २०७४–२०७८ सम्म दुई कार्यकाल अध्यक्ष रहि सकेका थिए । बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरूङ र थापाले अध्यक्षमा दावेदारी गरेसंगै अधिवेशन दुई दिन लम्विएको थियो । तर अन्ततः सहमति भए संगै थापा अध्यक्षमा पुनः दोहोरिएका छन् ।

सम्पन्न अधिवेशनमा पूर्ण बहादुर गुरूङ वरिष्ठ उपाध्यक्षमा दोहोरिएका छन् । उनी तेस्रो कार्यकालका लागि सो पदमा पुनः दोहोरिएका हुन् । त्यस्तै उपाध्यक्षमा बिनुराना मगर, महासचिवमा गंगाराम पौडेल, सचिबमा ज्ञानेन्द्र गुरूङ, कोषाध्यक्षमा लिल बहादुर थापा र सह कोषाध्यक्षमा विष्णु गुरूङ निर्विरोध निर्वाचित भएका छन् ।

यसै गरी कार्यसमिति सदस्यमा रोजिना गुरूङ, अम्बर राजभण्डारी, विजय गुरूङ, प्रमिला घले, शैलेस गुरूङ र ज्योती केसी निर्विरोध निर्वाचित भएका छन् । 

यस अघि कार्यसमतिमा रहेका उपाध्यक्ष चित्र बहादुर पुन, महासचिब रामजी प्रसाद अधिकारी र सचिव टंकराज पौडेल कार्यसमितिबाट बाहिरिएका छन् ।

निर्वाचित कार्यसमितिलाई निर्वाचन मन्डलका रवि चन्द्र जमरकट्टेल र बाबुराम अर्यालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close