यस्तो छ कास्की लिगको तालिका, कुन टिम को संग भिड्दै ? उद्घाटन खेलमा ड्यामसाइड र नयाँगाउँ भिड्ने

पोखरा, १५ साउन । कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की)को आयोजनामा आज (बुधबार) बाट शुरु हुने स्व बलराम स्मृती कास्की फुटबल लिग प्रतियोगिताको संघले उद्घाटन खेल शुरु हुनु भन्दा करिब आधा घन्टा अघि खेल तालिका सार्वजनिक गरेको छ ।

कास्की एन्फाका अनुसार कास्की एन्फामा दर्ता भएका २२ टिमहरु यो लिगमा सहभागिता जनाउँदै छन । तिन पटक मिती घोषणा गरे पनि एन्फाले आज बाट खेल शुरु गर्दैछ । लेखनाथ भण्डारढिक स्थित खेलमैदानमा आजको उद्घाटन ड्यामसाइड र नयाँगाउँ भिडने छन ।

एन्फा कास्कीले शनिवार सम्म तिन दिनको खेल तालिका सार्वजनिक गरेको छ । जस अनुसार साउन १६ गते ५ खेल सम्पन्न हुने छन । जस अनुसार पहिलो खेल शितल ज्योती विरुद्ध एबिसी, दोस्रो खेल एवाइसी विरुद्ध डेभिडफल, तेश्रो खेल विष्णु पादुका विरुद्ध भदौरे, चौथो खेल गार्डेन विरुद्ध नव आदर्श र पाँचौ खेल इन्देणी विरुद्ध फुलबारी भिडने भएका छन ।

त्यसै गरि साउन १७ गते हुने पहिलो खेलमा सहारा क्लबले पोखरा यूनाइटेडको सामना गर्नेछ । दोश्रो खेल एपेक्स विरुद्ध लेकसाइड, तेश्रो खेल हेमजा युनाइटेड विरुद्ध इन्द्रेणी, तेश्रो खेल विष्णु पादुका विरुद्ध एलजी, चौथो खेल एसवाइसी बि १३ बिरुद्ध फुलबारी र संगम विरुद्ध एवाइसी भिड्ने छन ।

साउन १८ गते शुक्रबार ड्यामसाइड विरुद्ध नवआदर्श, दोश्रो, तेश्रो, चौथो र पाँचौ खेल क्रमश डेभिडफल विरुद्ध लेकसाइड, हेमजा युनाइटेड विरुद्ध भ्याली स्पोर्टस, एलजी विरुद्ध भदौरे, एसवाइसी वि १३ विरुद्ध इन्देणी र सहारा क्लब विरुद्ध गार्डेन खेल्नेछन ।

आज शुरु बाट भएको लिगका कुल ५० बटा लिग हुने एन्फा कास्कीका महासचिब रमेश कार्कीले बताए । प्रतियोगितामा फाइनल खेल सहित ५७ खेल हुनेछन । मौसमले साथ दिएमा १२ दिनमा प्रतियोगिता सकिने उनले बताए । अन्य लिग खेलको तालिका भने आजको उदघाटन खेल पछि सार्वजनिक गरिने महासचिब कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close