
पोखरा स्पोर्ट्स । बंगालादेश जारी साफ यू-१७ पुरुष च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पाकिस्तानलाई २-० गोल अन्तरले पराजित गर्दै बंगालादेश फाइनलमा प्रवेश गरेको हो ।
बंगालदेशको जितमा नाज्मुल हुडा फैसल र मोहम्मद ओपु रहमानले एक एक गोल गरेका थिए ।
बगांलदेशले अब नेपाल वा भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग फाइनलमा खेल्ने छ ।
नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल खेल आजै राति ७:४५ बजेदेखि हुने तालिका रहेको छ ।
