आहा! रारा पोखरा गोल्डकप : २४औं संस्करणमा २४ लाख बचत

पोखरा स्पोर्ट्स । सहारा क्लब पोखराले २४औं सस्करणको आहा! रारा पोखरा गोल्डकपको आय व्यव सार्वजनिक गरेको छ । प्रतियोगिता सम्पन्न भएको करिव ८ महिना पछि क्लबले गरेको आय व्यय सार्वजनिकमा २४ लाख २२ हजार ७६ रुपैयाँ बचत गर्न सफल रहेको जनाएको छ ।

क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जारी गरेको विज्ञप्तीमा आयतर्फ १ करोड ३९ लाख ६७ हजार ७३४ र खर्चतर्फ १ करोड १५ लाख ४५ हजार ६५८ रहेको जनाइएको छ । २३औं आहा रारा गोल्डकपमा करिव १८ लाख घाटा व्यहोरेको क्लबले २४औं सस्करणमा भने आफ्नो बचतको लयलाई कायम गरेको छ ।

गत माघ २२ देखि फागुन ३ गते सम्म आयोजित प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close