ला लिगामा रियल म्याड्रिडको लगातार छैटौं जित

पोखरा स्पोर्ट्स ।  स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लेभान्टेलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले लेभान्टलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए भने भिनिसियस जुनियर र फ्रान्को मास्तानटुओनोले एक एक गोल गरेका थिए । त्यस्तै एट्टा एयोंगले एक गोल गरेका थिए ।

यो ला लिगामा रियल म्याड्रिडको लगातार छैटौं जित हो । यो जितपछि ६ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै लेभान्टेको ६ खेलमा ४ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close