
पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् ।
गएराती सम्पन्न खेलमा आर्सनल र म्यानचेस्टर सिटी १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
१-० गोलले पछि परेको आर्सनलले ९० मिनेट पछिको इन्जुरी समयमा गाब्रियल मार्टिनेलीले गोल गर्दै म्यानचेस्टर सिटीको जित खोसेका थिए ।
यस अघि खेलको नवौं मिनेटमा इर्लिंग हालाण्डको गोलमा म्यानचेस्टर सिटीले शुरुवाती अग्रता लिएको थियो ।
यो बराबरीपछि आर्सनलको ५ खेलमा १० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर सिटीको ५ खेलमा ७ अंक भएको छ र हाल नवौं स्थानमा रहेको छ ।
