जिल्ला खेलकुदहरु संग अर्धवार्षिक समिक्षा एवं अन्तक्रिया सम्पन्न

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला खेलकुद बिकास समितिहरु संग अर्धवार्षिक समिक्षा एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

तनहुँमा सञ्चालित तीन दिने अर्धवार्षिक समिक्षामा आर्थिक वर्ष ०८०/०८१ मा प्रदेशका ११ वटै जिल्लामा सम्पन्न भएका विभिन्न गतिविधिहरुकाका बारेमा गम्भिर छलफल गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिएका हुन् ।

कार्यक्रममा जिल्लाका अध्यक्ष, पदाधिकारी एवं कार्यालय प्रमुखहरुको उपस्थितीमा सम्पन्न समिक्षा कार्यक्रममा जिल्लामा भए गरेका खेलकुद गतिविधि, कार्यालय सञ्चालन एवं आगामी वर्षका योजनाहरुका बारेमा समेत छलफल गरिएको सदस्य सचिव शर्माले बताए ।

नवलपुरमा हालै सम्पन्न १४ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको समिक्षा, चैत्र २ गतेबाट सुरु हुने बाग्मती प्रदेशस्तरीय प्रतियोगिता र दशौं राष्ट्रिय खेलकुद प्रतियोगितको तयारी र खेलाडी छनौटका बारेमा समेत् छलफल गरिएको परिषदले जनाएको छ ।

त्यसै गरी जिल्ला खेलकुद विकास समितिहरुले आ–आफ्नो प्रतिबेदन प्रस्तुतीमा जिल्ला खेलकुद संघहरुको गठन, रेफ्रि, प्रशिक्षक, निर्णायकहरुको सुचिकृत विवरण पेश गरेको विषयमा सदस्य सचिव शर्मा सदस्य सचिव शर्माले सबै जिल्ला खेल संघहरुलाई ७ दिन भित्र नविकरण गरिसक्न जिल्ला खेलकुद विकास समितिहरुलाई निर्देशन दिएका छन् ।

जिल्ला खेलकुदहरु बाट दिइने सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिंदै सदस्य सचिव शर्माले जवाफदेहिता र क्षमता बढाउन आग्रह गर्दै खेलकुद क्षेत्रलाई मर्यादित बनाउन सबैको उत्तिकै दायित्व रहेको उल्लेख गरे । खेलकुद विगतमा जस्तो कर्मकाण्डी समय विताउने थलोको रुपमा मात्र हेर्न नहुने भन्दै आ–आफ्नो तोकिएको जिम्मेवारीलाई पुरा गर्न उनले निर्देशन समेत् दिए ।

सो अवसरमा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल र लेखा प्रमुख निलकण्ठ ढकालले समेत छुट्टा छुट्टै विषयमा आ–आफ्ना भनाईहरु राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close