नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कपको कमेन्ट्री प्यानलमा एन्ड्रयू लियोनार्ड पनि जोडिए

पोखरा स्पोर्ट्स ।  नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२० सिरिजमा आयरल्याण्डका एन्ड्रयू लियोनार्डले कमेन्ट्री गर्ने भएका छन् ।  नेपाल क्रिकेट संघ (क्यान) ले लियोनार्डले पनि यस सिरिजमा कमेन्ट्री गर्ने जानकारी दिएको छ ।

लियोनार्डलाई नेपाली क्रिकेटको अघोषित ब्रान्ड एम्बासडरको रुपमा चिनिन्छ भने उनले नेपाललाई आफ्नो दोस्रो घर भन्ने गर्दछन् । लियोनार्डले कुनै पनि क्रिकेट मंचमा नेपाली क्रिकेटको प्रसंशा गर्न छोड्दैन् । उनी नेपाली क्रिकेट फ्यानहरुवीच पनि उत्तिकै परिचित छन् भने उनलाई नेपाली क्रिकेट फ्यानले ‘टकलु दाई’ को उपनाम समेत दिएका छन् ।

अब उनले वेस्ट इन्डिजका पुर्व क्रिकेटर इयान बिशोपसँगै नेपालको यस ऐतिहासिक सिरिजको कमेन्ट्री गर्ने भएका छन् ।  उनले यस सिरिजको कमेन्ट्री गर्न पाउदा आफु उत्साहित रहेको बताएका छन् । 

नेपाल र वेस्ट इन्डिजबीच सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा टी-२० सिरिज हुदैछ ।

क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close