ओमानमाथि भारत २१ रनले विजयी, सुपर फोरका खेल आजदेखि

पोखरा स्पोर्ट्स । भारतले जारी एशिया कपमा भारतले ओमानलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको हो । भारतले दिएको १८९ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ४ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

ओमानका लागि आमिर कालिमले ६४, हमाद मिर्जाले ५१ र कप्तान जतिन्दर सिंहले ३२ रन बनाए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले सन्जु सामसनको ५६ रनको मद्दतले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

योसंगै एशिया कपको समुह चरणका खेल सकिएका छन् । समुह ए बाट भारत र पाकिस्तान तथा समुह बी बाट श्रीलंका र बंगलादेशले सुपर फोरमा स्थान बनाएका छन् ।

अब सुपर फोरका खेल आजदेखि शुरु हुदैछन् । आज पहिलो खेलमा बंगलादेश र श्रीलंका खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close