नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टिमको घोषणा

पोखरा स्पोर्ट्स । वेस्ट इन्डिजले नेपालविरुद्ध युनिटी कप टी-२० खेल्ने टिमको घोषणा गरेको छ । वेस्ट इन्डिजले अकील होसेनको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

वेस्ट इन्डिजको टिममा अकिल हुसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयू, अकिम अगस्टे, नविन बिदाइसे, जेदिया ब्लेड्स, केसी कार्टी, करीमा गोरे, जेसन होल्डर, अमिर जांगो, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमन्ड्स र शमर स्प्रिंगर रहेका छन्  ।  

नेपाल र वेस्ट इन्डिजबीच सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा टी-२० सिरिज हुदैछ ।

नेपालले यसअघि नै आफ्नो टिम घोषणा गरिसकेको छ । क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close