रियल म्याड्रिडको च्याम्पियन्स लिगमा विजयी शुरुवात

पोखरा स्पोर्ट्स । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले फ्रेन्च क्लब मार्सेलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले दुवै गोल पेनाल्टी मार्फत गरेका थिए । रियल म्याड्रिडले १-० ले पछि परेको अवस्थामा खेलमा कमब्याक गरेर जित हासिल गरेको थियो ।

त्यस्तै मार्सेलीका लागि एक गोल टिमोथी वीहले गरेका थिए ।

यस खेलमा खेलको ७२औं मिनेटमा डानी कारभाजलले रातो कार्ड पाउदा रियल म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close