
पोखरा स्पोर्टस । नेपाल मुस्लिम युवा समितिद्वारा आयोजना हुन गइरहेको तेस्रो लोककवि अलिमिया स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता यस कोभिड १९ को महामारीका कारण तोकिएको मितिमा सञ्चालन गर्न नसक्ने अवस्था भएका कारण स्थगित भएको सबैमा सर्वविदितै छ। अहिलेको अवस्थालाई मध्यनजर गर्दै नेपाल मुस्लिम युवा समितिले सम्पूर्ण स्वास्थ्य मापदण्डको पालना गरि यही मिति २०७८ फाल्गुण २१ गतेदेखि फाल्गुण २८ गते सम्म तेस्रो लोककवि अलिमिया स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको जानकारी गराउदछ।
प्रतियोगिता पोखरा १३ स्थित माछापोखरी खेल मैदानमा हुनेछ। युवाहरुलाई खेलकुदमा आकर्षित गर्न तथा खेलाडी उत्पादन गर्ने उद्देस्यले उक्त प्रतियोगिता गर्न लागिएको संयोजक अब्बु बकर मियाँले बताए ।
प्रतियोगीताको विजेतालाई नगद एक लाख २५ हजार नगद सहित ट्रफि,मेडल,प्रमाण पत्र र उपविजेतालाई नगद ७५ हजार सहित ट्रफि, मेडल, प्रमाण पत्र प्रदान गरिने छ। त्यस्तै सेमीफाइनल पुग्न सफल अन्य दुई टिमलाई १०÷१० हजार प्रदान गरिने छ साथै उत्कृष्ट खेलाडी,डिफेन्डर,मिड फिल्डर, हाई स्कोरर र गोलकिपरलाई जनही नगद रु। पाँच हजार पुरस्कार प्रदान गरिने छ।
प्रतियोगितामा टिम दर्ता शुल्क रु.७००० प्रति टिम रहनेछ ।
प्रतियोगिता को मूख्य प्रायोजक हिडन क्लब एण्ड लाउन्ज (गोंगबु बसपार्क) र एल मडिना प्यालेसका प्रोप्राइटर तथा युवा व्यावसायी श्री समिर खान (टाइगर जिन्दा हैं) हुनुहुन्छ । त्यसैगरी प्रथम पुरस्कार प्रायोजक लोक कवि अलिमिया ज्युका नाति तथा समाजसेवी श्री हिक्मत अलि मिया हुनुहुन्छ भने दोस्रो पुरस्कार प्रायोजक पोखरा महानगरपलिका १३ का वडा अध्यक्ष लेख बहादुर तामङ (दर्शन लामा) ज्यु हुनुहुन्छ।
प्रतियोगितामा करिब ५० समुहले सहभागिता जनाउने अपेक्षा आयोजकको छ। प्रतियोगिता सम्पन्न गर्नका लागि आठ लाख ७५ हजार खर्च लाग्ने अनुमान गरिएको छ। उक्त प्रतियोगितामा भाग लिएर, आर्थिक,भौतिक,प्राविधिक सहयोग गरेर यस प्रतियोगितालाई सभ्य र भब्यताका साथ सम्पन्न गर्नहुन सबैमा हार्दिक अनुरोध गर्दछ।
