
पोखरा स्पोर्ट्स । लिभरपुलले इङलिश प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको छ । आइतबार राति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा खेलको ९० मिनेट पछिको इन्जुरी समयमा मोहमद सलाहले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो लिभरपुलको लगातार चौथो जित हो । लिभरपुलको ४ खेलमा १२ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी बर्नलीको ४ खेलमा ३ अंक रहेको छ र ३ अंकसहित १७औ स्थानमा रहेको छ ।
