
पोखरा स्पोर्टस । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आइतबार पोखरामा प्रदेश सरकार प्रदेश सभाका सदस्यहरुले फुटसल प्रतियोगिता खेलेका छन् ।पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा उनीहरुले मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सहभागिता जनाएका हुन् ।
सो प्रतियोगिताको एक कार्यक्रका बीच सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकालले रेफ्रिलाई बल हस्तान्तरण गरी शुभारम्भ गरेका थिए ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना सम्पन्न मैत्रीपूर्ण फुटसलमा परिषदका सदस्य सचिब श्रीधर शर्मा, मन्त्रालयका महाशाखा प्रमुख प्रकाश देवकोटा, विभिन्न मन्त्रालयका सचिव, कर्मचारी, प्रदेश सभा गण्डकीका कर्मचारीहरु समेतको सहभागिता रहेको थियो ।
प्रदेश स्थापना दिवसकै अवसरमा माघ २१ गते अन्तरामन्त्रालय बीच ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरिएको छ ।
