नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो

पोखरा स्पोर्ट्स ।   नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । 

निर्धारित ९० मिनेटको समयमा दुवै देशबाट कुनै गोल नभएपछि खेल बराबरीमा सकिएको छ । दुवै देशले गोल गर्ने केहि अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेका थिएनन् । 

नेपाल र बंगलादेशबीच अहिलेसम्म भएका २५ खेलमा बराबरीमा सकिएको यो चौथो खेल हो ।

जसमा नेपालले ८ खेल जितेको छ भने बंगलादेशले १३ खेल जितेको छ । फिफा वरियतामा नेपाल १७६औं स्थानमा छ भने बंगलादेश १८४औं स्थानमा रहेको छ ।

अब नेपाल र बंगलादेशबीचको दोस्रो खेल सेप्टेम्बर ९ मा हुने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close