महिला कबड्डीमा नेपाललाई ऐतिहासिक काश्य पदक

पोखरा स्पोर्टस । चिनको हाङझावमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले ऐतिहासिक काश्य पदक जितेको छ ।

शुक्रबार भारत विरुद्ध ६१–१७ ले सेमीफाइनलमा पराजित हुँदै काश्य पदक जितेको हो । नेपालबाट सहभागि २९ खेल मध्ये टिम गेमको रुपमा सहभागि महिला कबड्डीले काश्य पदक जित्न सफल भएको छ ।

नेपाल संग जिते संगै भारत फाइनलमा प्रवेश गरेको छ ।

सेमीफाइनलमा पराजित हुने टिमले काश्य पदक पाउने नियम अनुसार नेपालले भारत संग पराजित भए पनि काश्य पदक हासिल गर्न सफल भएको छ । यस अधि आफ्नो समुहमा बलियो मानिएको बंगलादेशलाई नेपालले पराजित गर्दै सेमीफाइनलमा पुगेको थियो ।

समुहको खेलमा नै नेपाल इराज संग हार व्यहोरेको थियो । इरानले नै बंगलादेशलाई पराजित गरे पछि नेपाललको काश्य पदक शुनिश्चित बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close