
पोखरा स्पोर्ट्स । युएस ओपन टेनिसको फाइनलमा कार्लोस अल्काराज र जानिक सिनरले उपाधि भिडन्त पक्का गरेका छन् ।
अर्थर एशे स्टेडियममा भएको खेलमा सिनरले ६–१, ३–६, ६–३, ६–४ को शानदार जित हासिल गर्दै अल्कारज संग भेट पक्का गरेका हुन् ।
अल्कारजले आजै भएको सेमीफाइनलमा नोभाक जोकोभिचलाई कडा टक्कर दिदै ६–४, ७–६ (७–४), ६–२ को सेटमा जित हासिल गरेका थिए ।
सिनरले २० एटिपी टुर स्तरका एकल उपाधिहरू जितेका छन् । जसमा चार प्रमुख उपाधिहरू समावेश छन् । उनले दुई अस्ट्रेलियन ओपनमा, एक विंबलडन च्याम्पियनशिपमा, र एक यूएस ओपनमा जित हासिल गरेका छन् । उनले इटालीलाई २०२३ र २०२४ डेविस कप उपाधि जिताउन पनि नेतृत्व गरे ।
यता अल्काराज २०२२ को युएस ओपन च्याम्पियन हुन् भने सिनर फाइनल जितेर इतिहास रच्ने दाउमा छन् ।
